Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रौतहटको विभिन्न स्थानमा नदी किनारमा एक महिला र एक पुरुषको शव फेला परेको छ। गरुडा नगरपालिका-५ महमदपुरका २२ वर्षीय अनिल कुमार यादव तलाउमा बेपत्ता भएका छन्, जसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अनिल सोमबार बिहान सौच गर्न गएका थिए र दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा तलाउ किनारमा उनको गम्छा भेटिएको थियो। क्षारे रोगबाट ग्रसित अनिल तलाउमा डुबेर बेपत्ता भएको हुनसक्ने पीडित परिवारको आशंका छ। सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको टोलीले अनिलको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातीले बताए।

यसैगरी, माधव नारायण नगरपालिका-९ गढो गाउँनजिकै बागमती नदी किनारमा आइतबार एक ५३ वर्षीय पुरुषको शव फेला परेको छ। सशस्त्र प्रहरी ११ नम्बर हेक्वाटर रौतहटबाट गएको टोलीले शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ। यमुनामाई गाउँपालिका ४ स्थित झाँझ खोला किनारमा पनि आज एक ३० वर्षीया महिलाको शव फेला परेको छ। स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाटरबाट गएको टोलीले महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ।

महिला र पुरुष दुवै शवको पहिचान हुन नसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिएका छन्। मनसुन सुरु भएयता रौतहटमा डुबेर बेपत्ता भएको यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया