Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म ७० जनाको ज्यान गएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, जेठ २८ देखि आज बिहानसम्म बाढी र पहिरोमा परेर ७० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते र पाँच जना बेपत्ता भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यस अवधिमा बाढी र पहिराका नौ सय ६६ घटना घटेका छन्, जसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ। भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयले जनाएअनुसार, चार हजार सात सय ९० प्रहरीलाई बाढी र पहिरोको उद्धारका लागि परिचालन गरिएको छ र ९ करोड ५६ लाख ७४ हजार दुई सय ५० रुपैयाँ बराबरको क्षति भएको छ।

 

तपाईको प्रतिक्रिया