Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेले आज बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। आज एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। बागमती प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन्।

११० सदस्यीय बागमती प्रदेशमा एमालेसँग ३७ सिट छन् भने कांग्रेससँग २७ सिट छन्। माओवादी केन्द्रसँग २१, राप्रपासँग १३, एकीकृत समाजवादीसँग ७, मजदुर किसान पार्टीसँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट रहेका छन्।

कांग्रेस र एमालेबीच केन्द्रमा नयाँ गठबन्धन बनाउने सहमतिपछि त्यसको प्रभाव प्रदेशमा पनि देखिन थालेको छ। यसै सन्दर्भमा, एमालेले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकार पनि छाडिसकेको छ।

 

 

तपाईको प्रतिक्रिया