Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । यो बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा सुरु हुनेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।

त्यस्तै, प्रधानमन्त्री दाहालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ मा राष्ट्रियसभाबाट भएको संशोधनमाथि पुनर्विचार गरियोस् भनी सदनमा प्रस्ताव पेश गर्नेछन्।

तपाईको प्रतिक्रिया