Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार सोमबारदेखि शनिबार र आइतबारको तुलनामा कम पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार, सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा वर्षाको मात्रामा केही कमी आउन सक्नेछ।

सोमबार कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने अपेक्षा गरिएको छ। महाशाखाले खहरे खोलामा पानीको सतह बढ्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया