Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – प्रहरीले १४ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ। ललितपुरबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको हुण्डाई कारबाट १४ किलो २५० ग्राम चाँदीसहित ३ जना भारतिय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो।

सीआईबीको टोलीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपमा रोकिराखेको गाडीबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा भारत रक्सौलका अमन कुमार, विकीकुमार साह र पर्सा लिपर्नी विर्ताका श्रवण कुमार कानू छन्।

थप अनुसन्धान र कारबाहीको लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया