Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टि इस्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस-एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले त्यस्ता काण्डहरूबाट आफूलाई चोख्याउन कांग्रेस एमालेले नयाँ सत्ता समीकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताए । अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरू भ्रष्ट छन् भन्ने कुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए ।

उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्ने कुराप्रति पनि असन्तुष्टि व्यक्त गरे । संसदको ठूलो दल कां0ग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरूप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया