Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – एक वर्षमा ७ सय ९४ निजामती सेवामा कार्यरत कर्मचारीले जागिरबाट बिदा लिएका छन् । राष्ट्रिय किताबखानाका अनुसार सेवा अवधि बाँकी रहँदै चालु आर्थिक वर्ष २०८०/८१ मा ७९४ निजामती कर्मचारीले राजीनामा बुझाएका हुन् ।

किताबखानाको रेकर्डमा सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिरी अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । सेवावधि बाँकी रहँदै राजीनामा गर्नेहरूमा माथिल्लो तहका कर्मचारीहरू पनि छन् । त्यसमा विशिष्ट श्रेणी (सचिवसरह) का सात कर्मचारी छन्।

यसैगरी प्रथम श्रेणी (सहसचिसरह) का आठ कर्मचारीले राजीनामा गरेका छन्। यसैगरी उपसचिवसरहका ४९ जना र अधिकृत सरहका ६९ जनाले सेवावधि नसकिँदै राजीनामा गरेका हुन् ।

किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन् ।

श्रेणीविहीन कर्मचारीहरूले सरकारी सेवाभन्दा बाहिर निजी क्षेत्रमा आकर्षण देखेर अथवा सरकारी सेवाप्रति वितृष्णा जागेर सेवावधि छँदै राजीनामा गर्ने गरेको पाइन्छ । केही कर्मचारी भने वैदेशिक रोजगारीमा बढी आकर्षण देखेर सेवावधि छँदै राजीनामा गर्ने गरेका छन् ।

निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया