Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – शुक्रवार रातिदेखि आएको अविरल वर्षासँगै देशभरै बाढी, पहिरो र डुबानमा परेर १६ जनाको मृत्यु भएको छ। बाढी र पहिरोले विपद्जन्य घटनामा परेर अरू दुई जना बेपत्ता भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता र प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, बाढी, पहिरो रविपद्जन्य घटनामा पुरिएर काठमाण्डौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रे तीन, पाल्पा र तनहुँमा तीन-तीन जनाको मृत्यु भएको छ। बाढी र पहिरोमा परेर दोलखा र स्याङ्जामा एक/एक जना बेपत्ता भएका छन्।

यसैगरी, अहिलेसम्म तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुङ्गामा दुई, काठमाण्डौंमा तीन, चितवनमा एक, र स्याङ्जामा छ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले जनाएको अनुसार, विभिन्न नदीहरूमा उच्च जलस्तरको कारण समुदायलाई सतर्क रहन आग्रह गरिएको छ।

काठमाण्डौंका उपत्यकाका नदीहरूमा पनि प्रहरीले गस्ती र अनुगमन गर्दै आएको छ। अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेको बाटोमा संभावित जोखिमलाई ख्याल गर्दै, खोला किनारमा प्रहरीले गस्ती गरिरहेको छ।

तपाईको प्रतिक्रिया