Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – भारतको मेघालयमा चारजनाको विभत्स हत्या भएको छ । जसमध्ये एक नेपाली भएको पहिचान खुलेको छ । अन्यको खुलेको छैन् ।

उनीहरु मेघालयको कोइलाखानीमा काम गर्ने मजदुर रहेको खुलेको छ । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो ।

पूर्वी जयन्तिया हिल्सका एसपी गिरी प्रसादका अनुसार बिहान साढे ७ बजेको समयमा उमप्लेङ बजार नजिकै चारवटा शव रहेको जानकारी गराएका थिए । एसपी गिरीले भने,‘जब प्रहरी घटनास्थल पुग्यो त्यहाँ देखियो कि चारैजनाको हातखुट्टा बाधिएको थियो । घाँटीमा धारिलो हतियारले काटिएको निशान थियो ।’

प्रहरीले घटनाको अनुसन्धानको लागि एक कमिटी गठन गरेको छ । एक नेपालीको पहिचान खुलेपनि अन्यको खुल्न नसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चारवटै शवलाइै पोष्टमार्टमका लागि लुए सिभिल अस्पताल लगिएको छ ।

प्रहरीले शव भेटिएकै स्थानमा घटना भएको हो वा अन्यत्रबाट ल्याएर फालिएको भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा छ । मारिने ४ मध्य एक जना इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामहरूले बताएका छन् । मृत्यु हुने अरू ३ जनाको परिचय खुल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया