Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनको विषयमा संसदमा नाटक मञ्चन भइरहेको टिप्पणी गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस-एमाले बीचको सहमतिलाई लिएर संसदमा नाटक मञ्चन भइरहेको बताएका हुन्। उनले सरकारमा हुँदा केही नगर्ने, नयाँ गठबन्धन बन्नासाथ ठूलै काम गर्ने र एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्ति संसदमा देखिएको बताए।

शाहीले वर्तमान संविधानका कारण बारम्बार सरकार परिवर्तनको स्थिति उत्पन्न भएको भन्दै संविधान संशोधनको आवश्यकता औंल्याए। देशको हितमा नरहेका संविधानका धाराहरू परिवर्तन गर्न दलहरूलाई कसैले नरोकेको पनि उनले बताए। उनले नयाँ दलहरूलाई पुराना दलहरूको विकल्पको रूपमा जनताले मत दिएको तर ती दलहरू पद र प्रतिष्ठामा रमाउन थालेको आरोप लगाए। शाहीले जिवि राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फुलमाला लगाइदिने घोषणा पनि गरे।

त्यस्तै, फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शाहीले बाँकी रहेको सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चुनौती दिए।

 

 

तपाईको प्रतिक्रिया