Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – तीन दिनदेखिको लगातार वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ। नदीको पानीको सतह बढेसँगै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय क्षेत्र र नदी किनारामा दाउरा तथा बालुवा सङ्कलन गर्न जाने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

जलसतह बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतका तटीय क्षेत्र उच्च जोखिममा परेका छन्। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नदीबाट काठलगायत वस्तु निकाल्न किनारमा नजान चेतावनी दिएका छन्। बाढी र पहिराले बिजुलीका खम्बाहरूमा क्षति पुर्याउँदा तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो।

व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलामा निर्माणाधीन पुलको छेउमा रहेको विद्युत्को खम्बा बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको थियो। विद्युत्को खम्बा मर्मतपछि सेवा पुनः सञ्चालनमा आएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिएका छन्।

पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सात वटा बिजुलीका खम्बा ढलेपछि तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको हो। “म्याग्दे, शुक्लागण्डकी, व्यास, र आँबुखैरेनी गाउँपालिकामा १५ भन्दा बढी बिजुलीका खम्बामा क्षति पुगेको छ,” रेग्मीले भने, “आज बिहानदेखि विद्युत् अवरुद्ध भएका स्थानमा मर्मतका लागि कर्मचारी खटाइसकिएको छ।” निरन्तर पानी परिरहेकाले काम गर्न कठिनाइ भइरहेको उनले बताए।

 

 

तपाईको प्रतिक्रिया