Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। केही समय अघि मापन गर्दा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र त्यसपछि ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

उहाँले उच्च सतर्कता अपनाइएको बताउनुभयो। सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरिसकेकाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। नदी आसपासका उदयपुर, सुनसरी, र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया