Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सप्तकोसी नदीको जलसतहले खतराको तह पार गरेको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार सप्तकोशीमा आज यस वर्षकै सबैभन्दा उच्च तह मापन गरिएको छ ।

आज बिहान ८ बजे सप्तकोसीमा तीन लाख ४२ हजार ५२० क्युसेक जलसतह मापन गरिएको हो ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । शनिवार राति तीन एक लाख १६ हजार ८ सय क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको थियो भने आइतबार बिहान ६ बजे ३ लाख १६ हजार ८ सय क्यूसेक जलसतह मापन गरिएको थियो ।

पहाडी क्षेत्रमा शुक्रवारदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भएपछि खतराको संकेत रातो बत्ती बालिएको केन्द्रले जनाएको छ।

कोसीमा जलसतह सतर्कता तह पार गर्दै गएपछि उदयपुर, सुनसरी र सप्तरीका डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले अपिल गरेको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ।

तपाईको प्रतिक्रिया