Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढीले खतराको तह पार गरेको जनाएको छ । मेलम्चीको नकोटेमा रहेको स्टेसनले जल सतह निरन्तर बढिरहेको विवरण पठाएको छ। यहाँ पानीको सतह साढे ४ मिटर हुँदा खतराको तहमा पुग्छ, तर हाल जल सतह झन्डै ५ मिटर पुगेको छ र अझै बढ्ने क्रममा रहेकोले मेलम्ची, इन्द्रावती र सुनकोसी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

त्यस्तै, भक्तपुरको हनुमन्ते खोलामा पनि बाढीको मात्रा बढ्दै गएको छ। १३ सय ९ मिटर जल सतह पुगिसकेको र अझै बढ्ने सम्भावना रहेकोले भक्तपुरका खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन विभागले सुझाव दिएको छ। बागमती नदीको जल सतह पनि खतराको तह पार गरिसकेको छ। नारायणी नदीमा पनि बाढीको मात्रा लगातार बढिरहेको जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

देवघाटमा रहेको स्टेसनले मापन गरेको अनुसार नारायणी नदीले ७ दशमलव ३ मिटरको खतराको तह पार गर्दा हाल जल सतह ८ दशमलव ४ मिटर पुगेको छ। नारायणघाटमा पनि नारायणी नदीले जल सतह पार गरेको छ। लमजुङको बिमलनगरमा मर्स्याङ्दी नदी र कोशी नदीले बन्गाई क्षेत्रमा खतराको तह पार गरेको छ। दिउँसो १ बजेसम्म विभागले दिएको आँकडाअनुसार देशका ४१ स्थानमा भारी वर्षा भइरहेको छ।

तपाईको प्रतिक्रिया