Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय सभाले आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित गरेको छ। अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए, जसलाई असार ११ गते प्रतिनिधि सभाले पारित गरेको थियो।

शुक्रबार राष्ट्रिय सभाले पनि बजेट पारित गरेको छ। सभाध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि विरोध गरेनन्। कांग्रेससहितका प्रतिपक्षी सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो। कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरिसकेका छन् र यो बजेट ल्याउँदा एमाले सरकारमै थियो। त्यसैले बजेट पारित गर्दा कसैले विरोध गरेनन्।

अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्दा समानुपातिक र सन्तुलित विकासको प्रतिबद्धता व्यक्त गरेका थिए। राष्ट्रिय सभाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पनि सर्वसम्मत रूपमा पारित गरेको छ।

तपाईको प्रतिक्रिया