Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले कांग्रेस-एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित लोसपाको पदाधिकारी बैठकले यो निर्णय गरेको हो।

मंगलवार, कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए। यस छलफलको बारेमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले बैठकमा जानकारी दिएका थिए। अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवाको आग्रह अनुसार, गठबन्धनले बनाउने सरकारलाई समर्थन दिनुपर्ने कुराको बैठकमा ब्रिफिङ गरेका थिए।

तपाईको प्रतिक्रिया