Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस :

 काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले यो कुरा बताएका हुन्।

थापाले आउँदो निर्वाचनमा कांग्रेसले कम्तीमा १०० सिट जित्नुपर्ने लक्ष्य राखेर काम गर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरे। उनले २०८४ सम्म कांग्रेसले सरकारको ध्यान नदिएर पार्टीको सुदृढीकरणमा जुट्नुपर्नेमा जोड दिए।

उनले ‘जादुगरजसरी यताउति उफ्रिने काम’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडिदिन आग्रह गरे । महामन्त्री थापाले २०८४ को निर्वाचनमा कांग्रेसले कम्तीमा ४० प्रतिशत मत प्राप्त गर्ने लक्ष्यसहित पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया