समाचार सुन्नुहोस :
काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार ३ सय रूपैयाँमा स्थिर रहेको छ।
तेजाबी सुनको मूल्य भने तोलाको १ लाख ४१ हजार ६ सय रूपैयाँमा यथावत छ। त्यस्तै, मंगलबार चाँदीको मूल्यमा भने ५ रूपैयाँको गिरावट आई प्रतितोला १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।