Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटालाई पदमा कायम राख्न आदेश दिएको हो।

देवकोटा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित सांसद हुन्, तर उनले पछिल्लोपटक नेपाली कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समर्थन गरेका थिए। यसपछि माओवादी संसदीय दलले उनलाई कारबाही गरेको थियो।

देवकोटाले उक्त कारबाही बदरको माग गर्दै गत असार ६ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। मुद्दामा सुनुवाइ गर्दै अदालतले उनलाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो।

तपाईको प्रतिक्रिया