Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको विरोध र तोडफोडका कारण नगर सभा स्थगित गरिएको छ। बजेट पेस गर्ने दिन बिहानैदेखि एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रिएका थिए।

मेयर राजन पौडेल नगरसभामा प्रवेश गर्नासाथ वडाध्यक्षहरूले हुलदङ्गा मच्चाएका थिए। उनीहरूले नगर सभास्थलमा रहेका कुर्सी र टेबल तोडफोड गरे।

विरोध र तोडफोडमा संलग्न वडाध्यक्षहरूमा वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी, र वडा नम्बर ७ का सुनिल गुप्ता रहेका छन्। यस घटनापछि नगर सभा स्थगित गरिएको घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया