Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – संखुवासभाको चैनपुर नगरपालिका-८ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरर्गत चैनपुर-सभाखोला सडक खण्डको चैनपुर-८ बानेश्वरमा टिपरको ठक्करबाट चैनपुर नगरपालिकाको योजना शाखामा कार्यरत पदम श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार शनिवार बेलुकी साढे ६ बजे चैनपुरबाट खराङ जाँदै गरेको प्रदेश ०१-०२ ख ८२४९ नम्बरको टिपरले सोही दिशामा गइरहेको को १५ प ९८३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

लामिछानेका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो । टिपर चालक चैनपुर-१० खराङ बस्ने ३४ वर्षका कमानसिंह तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया