Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले बूढीगण्डकी आयोजना निर्माण अघि नबढाएको आरोप लगाए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नौ वर्षदेखि सत्तामा भए पनि आयोजनामा प्रगति नदेखिएको बताए।

शनिबार गोरखामा आयोजित पत्रकार भेटघाटमा उनले बूढीगण्डकी जलविद्युत् आयोजना बहुउद्देश्यीय आयोजना बनाइनुपर्ने र विद्यमान अवस्थाले काम अलपत्र पर्नसक्ने चेतावनी दिए।

भट्टराईले प्रधानमन्त्री दाहाल कुनै न कुनैरूपमा सत्तामा रहँदा पनि आयोजनामा प्रगति नभएको र नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट बनाउने प्रस्ताव उपयुक्त नभएको बताए। उनले बूढीगण्डकी विकास प्राधिकरण गठन गरेर मात्र आयोजना सफल बनाउन सकिने धारणा राखे।

उनले गोरखालाई विकास र समृद्धिको मोडल बनाउन चाहेको भए पनि आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारले पर्याप्त बजेट नबिनियोजन गरेको बताए। गोरखाको पश्चिम क्षेत्रलाई औद्योगिक र उत्तरी क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न प्रस्ताव गरिए पनि कुनै सरकारले काम नगरेको भट्टराईले बताए।

 

 

तपाईको प्रतिक्रिया