Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शनिबार स्वदेश फर्किएका छन्। उनी असार ३ गते ब्राजिलको साओ पाउलो गएका थिए।

फर्किएपछि उनले ठूला सहर केन्द्रित बसाइँसराइको चाप व्यवस्थापन गर्न अहिले नै नीति र संयन्त्र बनाउनुपर्ने बताए। बैठकमा भौगोलिक, सामाजिक, आर्थिक फरकका सहरहरूको समस्या र साझा कार्यक्रमबारे छलफल भएको थियो।

बैठक असार ५ र ६ गते साओ पाउलोमा भएको थियो। प्रमुख शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रममा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा धारणा राख्दै, ठुला सहरमा स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर पुर्‍याएर जनसंख्याको चाप घटाउनुपर्ने बताए।

नीति बहस सहरी आवास, जलवायु जोखिम घटाउन साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समावेशी दृष्टिकोणमा केन्द्रित थियो। वहसमा ठुला महानगरपालिकाका प्रमुखहरु सहभागी थिए।

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डका सदस्य हुन्। मेट्रोपोलिस १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको अन्तर्राष्ट्रिय संस्था हो।

तपाईको प्रतिक्रिया