Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाको २२ नम्बर वडाले न्यूरोडको फुटपाथमा रहेका विरुवा र रेलिङ काटेको छ। वडाध्यक्ष चिनकाजी श्रेष्ठको उपस्थितिमा विरुवा उखेलेर रेलिङ हटाइएको हो। वडासदस्य चन्द्रमान तुलाधरले कुमारीको आँखा आकृतिमा सजिएको फुटपाथ र सडकबीचको रेलिङ हटाइएको जानकारी दिए।

वडाध्यक्ष श्रेष्ठले ३० जेठदेखि विरुवा उखेल्न मान्छे खटाएका थिए। २८४ वटा विरुवा उखेलेपछि नगर प्रहरीले हस्तक्षेप गरेको छ। हाल प्रक्रिया रोकिएको छ भने २५ वटा रेलिङ वडाले काटेको छ, ती रेलिङहरू महानगर प्रहरीको नियन्त्रणमा छन्। वडासदस्य तुलाधरले फुटपाथ बढाउने क्रममा विरुवाले स्थान घटाएकाले उखेलेको बताए।

यसैबीच, काठमाडौं महानगरपालिकाले वडाविरुद्ध कानुनी कदम चाल्ने तयारी गरेको छ। मेयर बालेन्द्र साह (बालेन)का प्रमुख स्वकीय सचिव भूपदेव शाहले वडा कार्यालयविरुद्ध कानुनी कारबाहीको तयारी गरिरहेको जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया