Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंमा जारी विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री प्रचण्डले मंगलबार उद्घाटन गरेको यो बैठक शुक्रबार अर्थमन्त्री वर्षमान पुनले समापन गर्नुभयो।

चार दिनसम्म चलेको यो बैठक विश्व बैंक समूहले नेपालमा आयोजना गरेको सबैभन्दा ठूलो कार्यक्रम हो। बैठकले न्यून आय भएका मुलुकहरूलाई आगामी वर्षहरूमा गरिने सहयोगको रणनीति तय गरेको छ। यसमा सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्रदान गर्ने प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता जनाउने विषयमा छलफल भएको थियो।

बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित ६१ देशका करीब २०० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए। बैठकपछि विश्व बैंकका उच्च अधिकारीहरूले काठमाडौं उपत्यकामा विश्व बैंक र विकास साझेदारका लगानीमा सञ्चालित विभिन्न ९ आयोजनाको स्थलगत भ्रमण गर्नेछन्।

तपाईको प्रतिक्रिया