Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा बैठक जारी छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, तिनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक परिस्थिति बारे छलफल भइरहेको छ। संकटग्रस्त सहकारी संस्थाहरूमध्ये केहीको बचत रकम अपचलनमा गृहमन्त्री लामिछाने समेत संलग्न रहेको आरोपमा परेको मुद्दाको सुनुवाइ भोलि शुक्रबार सर्वोच्च अदालतमा हुन लागेको छ। यसअघि बुधबारको सुनुवाइ राजनीतिक चासोका कारण ढिलाइ भएको चर्चा छ, र यसै सन्दर्भमा तीन नेताहरूबीच छलफल भइरहेको हो।

बिहीबार दिउँसो संसद्‌मा बोल्दा ओली लगायत शीर्ष नेताहरू अनुपस्थित रहेकोमा प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका थिए। पछिल्ला दिनहरूमा बजेट लगायतका विषयमा प्रधानमन्त्री र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष ओलीबीच तिक्तता बढेको विश्लेषण भइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया