Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको हिसाब नमिलेपछि प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेका छन्। प्रमुख प्रतिपक्षी दलका रूपमा एमालेले बजेटको हिसाब स्पष्ट नहुँदासम्म संसद् अघि बढ्न नसक्ने बताएका छन्। प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बजेटको कुल आकार र खर्च व्यहोर्ने स्रोतको हिसाब नमिलेकोले समस्या उत्पन्न भएको बताए।

सरकारले आगामी वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ, जसमा ४९ करोड ९ लाख ७५ हजारको हिसाब नमिलेको देखिन्छ। यो बजेटको स्रोत नेपाल सरकार र आन्तरिक आम्दानीबाट हुने अनुमान गरिएको छ। वित्तीय समानीकरणबाट ७ अर्ब ६३ करोड ८८ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानबाट ३ अर्ब १० करोड ११ लाख, समपूरक अनुदानबाट १ अर्ब १९ करोड, र विशेष अनुदानबाट ६५ करोड ५५ लाख पाउने अपेक्षा गरिएको छ।

प्रदेशको आन्तरिक श्रोतबाट ५ अर्ब १७ करोड र चालू वर्षमा खर्च नभएको २ अर्ब ९४ करोड, बाँकी १ अर्ब ७० करोड आन्तरिक ऋण लिने प्रस्ताव छ। यि सबै स्रोतहरु जोड्दा जम्मा ३२ अर्ब ४८ करोड ७६ लाख मात्रै हुन्छ। हिसाब नमिलेको भन्दै एमालेले संसद् बैठक अघि नबढाउने अडान लिएको छ। दलका उपनेता लीलाबहादुर थापाले सरकारसँग स्पष्ट हिसाबको माग गरेका छन्। अघिल्लो वर्ष पनि उनले बजेटको हिसाबमा प्रश्न उठाएका थिए।

तपाईको प्रतिक्रिया