Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

 

समाचार सुन्नुहोस : 

काठमाडौँ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग सैन्य र प्राविधिक सहयोगको सम्झौता गरेपछि जापानले गम्भीर चिन्ता व्यक्त गरेको जापानका सरकारी प्रवक्ताले बिहीबार बताएका छन् । प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–अनसँगको भेटमा पुटिनले आक्रमणको समयमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धताका साथ रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि पुटिनले उत्तर कोरियासँग सैन्य–प्राविधिक क्षेत्रमा आवश्यक सहकार्य गर्ने बताएका थिए। यस प्रकारको सहकार्यले संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णयको प्रत्यक्ष उल्लङ्घन गर्ने भन्दै जापानका प्रवक्ता योशिमासा हयासीले चिन्ता व्यक्त गरे।

हयासीले भने, ““जापान राष्ट्रपति पुटिनले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोग स्वीकार गरेको तथ्यलाई लिएर गम्भीर रूपमा चिन्तित छ,” पुटिनले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएका प्रतिबन्धहरूको पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि बताए।

रूसले अन्तर्राष्ट्रिय समुदायको इच्छाविपरीत उत्तर कोरियाबाट हतियार र गोलाबारुद खरिद गरी संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णय उल्लङ्घन गर्दै युक्रेन आक्रमणमा प्रयोग गरिरहेको हयासीले आरोप पनि लगाएका छन् ।

तपाईको प्रतिक्रिया