Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ ऊनबीच प्योङयाङमा करिब दुई घण्टा लामो महत्वपूर्ण वार्ता सम्पन्न भएको छ। बुधबार पुटिनको उत्तर कोरिया आगमनमा भव्य स्वागत गरिएको थियो। स्वागत समारोहपछि दुबै नेताबीच एकान्तमा दुई घण्टा लामो छलफल भएको हो।

रोयटर्सले रुसी समाचार एजेन्सीलाई उद्धृत गर्दै जनाएअनुसार, यस वार्तामा किम जोङ ऊनले यूक्रेनमाथिको रूसी आक्रमणको समर्थन गरेका छन्। इन्टरफ्याक्सको रिपोर्ट अनुसार, किमले उत्तर कोरियाको उद्देश्य रूससँगको रणनीतिक सहयोगलाई अझ मजबुत बनाउने रहेको बताएका छन्।

पुटिनले दशकौँ पुरानो रूस-उत्तर कोरिया मित्रताको स्मरण गरेका छन्। २४ वर्षपछि रूसका राष्ट्रपति उत्तर कोरिया पुगेका हुन्, पुटिन सन् २००० मा पहिलो पटक राष्ट्रपति हुँदा उत्तर कोरिया भ्रमण गरेका थिए। रुसी मिडिया आरआईएको रिपोर्टअनुसार, पुटिन र किमले विस्तृत रणनीतिक साझेदारी र सम्झौतामा हस्ताक्षर गरेका छन्।

पुटिनका सल्लाहकार युरी उशाकोभोले मंगलबार यसबारे सञ्चारमाध्यमलाई जानकारी दिएका थिए। यद्यपि, दुवै पक्षले सम्झौताका विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

तपाईको प्रतिक्रिया