Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – सैनिक अदालतले नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्रकुमार मल्लमाथि कारबाही गरेको छ । मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाइएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने, ‘उनको नागरिकताको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रमा जन्ममिति मिलेको देखिएन । यसैबारे अनुसन्धान हुँदा उनी दोषी ठहर भएका कारण सैनिक अदालतले कारबाही गरेको हो ।’

मल्ल पछिल्लो समय न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका थिए । उनको बढुवाको प्रक्रिया हुँदा पेस गरिएका कागजातमा कैफियत देखिएपछि उनलाई न्युयोर्कबाट बोलाइएको थियो ।

काठमाडौं आएलगत्तै मल्ललाई गत जेठ २० गते पक्राउ गरी सैनिक हिरासतमा राखिएको थियो । उनको चार महिनाअघि मात्र न्यूयोर्कमा पोष्टिङ भएको हो ।

तपाईको प्रतिक्रिया