Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले ५०० र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरू प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने तथा सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने बताएका हुन् ।

उनले अवैध रूपमा राखिएका धनराशि पनि ५०० र १ हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले सिरानमुनि लुकाएका ती नोट प्रतिबन्ध लगाउनुपर्ने उनको तर्क छ ।

तपाईको प्रतिक्रिया