काठमाडौं – जिल्ला प्रहरी कार्यालय सिरहाभित्र मृत अवस्थामा फेला परेकी प्रहरी जवानको केटा साथी पक्राउ परेका छन् ।
जेठ ३१ गते कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी थिइन् । घटनामा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका-२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मृतक महिला प्रहरीको मोबाइलमा फेला परेका म्यासेजका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदय द्विवेदीले जानकारी दिए ।
‘उहाँहरूको बीचमा विवाद भएका म्यासेजहरू फेला परे,’ उनले भने, ‘मृतकका परिवारले पनि उहाँविरुद्ध जाहेरी दिनुभयो । त्यसैका आधारमा अदालतबाट ७ दिनको म्याद लिएर आत्माहत्या दुरुत्साहनको आरोपमा अनुसन्धान गरिरहेका छौँ ।’