Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी नागरिक जिम्मी डोनाल्सन, जसलाई मिस्टर बिस्टको नामले पनि चिनिन्छ उनले पछिल्लो एक महिनामा आफ्नो युट्युब च्यानलमा दुई करोडभन्दा बढी सब्सक्राइबर थपिएको बताएका छन्। उनले हालै सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै २१ करोड सब्सक्राइबर बढेको जानकारी दिएका हुन्।

पोस्टमा उनले गत २८ दिनमा बढेको सब्सक्राइबर संख्या र भ्युजहरू देखाएका छन्। “मलाई लाग्दैन कि कुनै पनि युट्युब च्यानलले एक महिनामा दुई करोडभन्दा बढी सब्सक्राइबर पाएको छ,” उनले एक्समा लेखेका छन्। गत २ जुनमा मिस्टर बिस्ट सबैभन्दा बढी सब्सक्राइबर पाउने च्यानल बनेको थियो। यो च्यानलले भारतको टी-सिरिजलाई पछि पार्दै उक्त सफलता हात पारेको थियो।

यस सफलतामा मिस्टर बिस्टको प्रस्तुति प्रमुख कारण मानिएको छ। सब्सक्राइबर बढाउन उनी विभिन्न गतिविधिहरू गरिरहेका छन्। यो समाचार तयार पार्दासम्म बिस्टको च्यानलमा २८ करोड १० लाखभन्दा बढी सब्सक्राइबर रहेका छन्। २०२१ मा सबैभन्दा बढी सब्सक्राइबर पाउने व्यक्ति बनेपछि उनले टी-सिरिजलाई उछिन्ने आफ्नो लक्ष्य रहेको भन्दै सब्सक्राइब गर्न अनुरोध गरेका थिए। त्यो लक्ष्य प्राप्त गरेपछि पनि अहिले उनको च्यानलमा लगातार सब्सक्राइबर बढिरहेको देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया