Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा आफ्ना छोरा हन्टर बाइडेनलाई दिएको सजाय माफी नगर्ने बताएका छन् । बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ ।

गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बिडेनले पहिलो पटक यस मुद्दामा टिप्पणी गरेका छन् । उनले हन्टरप्रति गर्व गरेको बताउदै उनी लागुऔषधको बानीबाट मुक्त भइसकेको तथा अहिले धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको बताएका छन् । जी ७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय घटाउन कदम चाल्नु हुन्छ भन्ने प्रश्न सोधेका थिए ।

यसबारे बाइडेनले भने, ‘म यस विषयमा स्पष्ट छु कि म यसबारे केही गर्ने छैन । मैले निर्णायकको निर्णय स्वीकार गर्छु । म यसमा खडा छु र म हन्टरलाई माफ गर्ने छैन ।’ हन्टर बाइडेनलाई लागुऔषधको नशा र बन्दुक राख्ने तीनवटा मुद्दामा दोषी ठहर गरिएको छ । आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै, बाइडेनले अदालतको सजाय नघटाउने बताएका थिए र उनले फेरि एकपटक सोहि कुरा दोहोर्याएका छन् । अमेरिकामा राष्ट्रपतिलाई अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार रहेको छ ।

तपाईको प्रतिक्रिया