समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार, आज बिहान ११ बजे सुरु हुने बैठकमा बिनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ। आजको बैठकमा चार विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुने छ।
ती मन्त्रालयहरूमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समावेश छन्। साथै, आजका कार्यसूचीमा विभिन्न सांसदहरूले खर्च कटौतीको प्रस्ताव पनि पेस गर्नेछन्।