Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएको राति आएको पहिरोले एकै परिवारका चार सदस्यको मृत्यु भएको छ।

फक्ताङलुङ-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए अनुसार, पहिरोले खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाया, र छोरीहरू नौ वर्षीया गङ्गा र जमुनालाई पुरिएर मृत्यु भएको हो। यसैगरी, पहिरोमा परेर दुई जना घाइते भएका छन्। ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएका छन्।

बुधबार रातिदेखि जारी अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा पुल बगाएको छ। पुल बग्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया