Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ –  सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक युवराज कट्टेलका अनुसार पहिलो चरणमा २८ जिल्लामा साउन १ गतेदेखि परिचयपत्र अनिवार्य गरिएको हो।

पहिलो चरणमा अनिवार्य गरिएका जिल्लाहरूमा झापा, रौतहट, रूपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँ रहेका छन्।

सामाजिक सुरक्षा भत्ता नवीकरण भदौ मसान्तसम्म गर्न सकिने भएकाले परिचयपत्र दर्ता गर्न नागरिकलाई विभागले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया