Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सह-आयोजक वेस्ट इन्डिज आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको सुपर ८ चरणमा प्रवेश गरेको छ। समूह ‘सी’ अन्तर्गत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले न्यूजिल्यान्डलाई १३ रनले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो।

वेस्ट इन्डिजले खेलेका ३ वटै खेलमा जित हासिल गरेको छ भने न्यूजिल्यान्डले खेलेका दुवै खेलमा हार व्यहोरेको छ। आजको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउँदै न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ३६ रन बनायो।

न्यूजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए भने वेस्ट इन्डिजका अल्जारी जोशेफले ४ र गुडाकेस मोटीले ३ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि शेरफाने रुथरफोर्डले ६८ रनको योगदान दिए भने न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए।

 

 

तपाईको प्रतिक्रिया