Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अस्ट्रेलियाको सरकारले विदेशी विद्यार्थीहरूका लागि नयाँ कडा नियमहरूको घोषणा गरेको छ। अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले जुलाईदेखि टुरिस्ट भिसा र टेम्पोररी ग्राजुएट भिसा (टीआर) मा रहेका व्यक्तिहरूले विद्यार्थी भिसाका लागि आवेदन दिन नपाउने बताएकी छिन्।

मन्त्री ओनिलका अनुसार, टुरिस्ट भिसा (सबक्लास ६००) र टेम्पोररी ग्राजुएट भिसा (सबक्लास ४८५) मा रहेका व्यक्तिहरूले अस्ट्रेलियाबाटै विद्यार्थी भिसा आवेदन दिन रोक लगाइएको छ। यद्यपि, उनीहरूले आफ्नै देश फर्किएर विद्यार्थी भिसाका लागि आवेदन दिन सक्नेछन्। यसअघि नेपाल लगायतका देशहरूबाट टुरिस्ट भिसामा अस्ट्रेलिया जाने र पछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर अस्ट्रेलियामा बस्ने समस्या बढेको कारणले सरकारलाई यो कदम चाल्न बाध्य पारेको हो।

कोभिडपछि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा निरन्तर कडाइ गर्दै आएको छ। यसअघि पनि अस्ट्रेलियाले विदेशी विद्यार्थीहरूको संख्या घटाउन थुप्रै नियम परिवर्तन गरेको थियो। टेम्पोररी ग्राजुएट भिसाको अवधि समाप्त भएपछि पुनः विद्यार्थी भिसाका लागि आवेदन दिएर अस्ट्रेलियामा बस्नेहरूको संख्या बढ्दै गएको कारणले पनि सरकारले थप कडाइका उपायहरू लागू गरेको हो।

तपाईको प्रतिक्रिया