Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – कुवेतको मङ्गाफ शहरमा एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। बीबीसीको रिपोर्ट अनुसार, घटनामा अन्य १५ जना घाइते भएका छन्। मृतकहरूमध्ये पाँच जना भारतीय नागरिक समेत रहेका छन्।

उक्त भवनमा अधिकांश आप्रवासी कामदार बस्दै आएकाले, मृत्यु हुनेहरू पनि मुख्यतया आप्रवासी नै हुने अनुमान गरिएको छ। कुवेतका आन्तरिक मन्त्री फहद युसुफ अल सबाहले घटनास्थलको निरीक्षण गर्दै मानवीय लापर्बाहीलाई आगलागीको मुख्य कारण बताएका छन्। मन्त्री सबाहका अनुसार, घर मालिकको लोभका कारण क्षमताभन्दा बढी कामदार राखिएकोले यस्तो ठूलो संख्यामा जनधनको क्षति भएको हो।

कुवेतको जनसङ्ख्यामध्ये दुई तिहाइ हिस्सा आप्रवासी कामदारले ओगटेको छ। निर्माण र घरेलु क्षेत्रका लागि कुवेत धेरैजसो बाह्य कामदारमा निर्भर रहँदै आएको छ। मानव अधिकार समूहहरूले कुवेतमा आप्रवासीहरूको जीवनस्तरको बारेमा बारम्बार चासो व्यक्त गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया