Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज पनि प्रतिनिधिसभाको बैठक बस्दै छ। बिहान ११ बजे सुरु हुने बैठकमा विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गरिनेछ। बैठकमा प्रेम सुवालले शहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको खर्च कटौती प्रस्ताव पेश गर्नेछन्। यसैगरी, डा. अमरेशकुमार सिंहले पनि यी मन्त्रालयहरूमा खर्च कटौतीको प्रस्ताव गर्नेछन्।

अजयकुमार चौरसियाले शहरी विकास मन्त्रालयको, राजेन्द्रकुमार के.सी.ले रक्षा मन्त्रालयको, सुरेन्द्रराज आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको, र जीवन परियारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजको बैठकमा शहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

तपाईको प्रतिक्रिया