Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेशमा सोमबार ‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मंगलबार मन्त्रीमा नियुक्त भएका छन्। गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी भएका देवकोटाले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए। माओवादी दलको ह्विप उल्लंघन गरेको भोलिपल्टै देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन्।

देवकोटाले मंगलबार नै पद तथा गोपनीयताको सपथ लिएका छन्। त्यस्तै, छैटौं पटक सरकारमा पुगेका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव) गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनाइएको छ। उनले पनि मंगलबार सपथ लिएका छन्, जसले उनलाई छैटौं पटक मन्त्री बनाएको हो।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका देवकोटा र मनाङे दुवैलाई मन्त्री पदको उपहार दिएका हुन्। फणीन्द्र पहिलोपटक मन्त्री बनेका हुन् भने मनाङे छैटौं पटक मन्त्री भएका छन्। प्रदेशसभाको दोस्रो कार्यकालमा मनाङे दुईपटक मन्त्री भइसकेका छन्।

तपाईको प्रतिक्रिया