Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

विश्वको यो अनौठो गाउँ जापानको शिकोकु टापुमा अवस्थित छ जसको नाम ‘नागोरो’ हो । यो गाउँलाई पुत्लाको गाउँ पनि भनिन्छ ।यहाँ पुत्लालाई स्थानीय भाषामा ‘स्केरेक्रो’ भनिन्छ । यहाँ आउने पर्यटकहरू राति धेरै पटक पुत्ला देखेर डराउँछन् । सबैभन्दा अचम्मको कुरा यो गाउँमा ३० जना मात्रै बस्छन् । तर, त्यहाँ ३०० पुत्ला छन् ।यस गाउँका पसलहरूमा, बस स्टपहरूमा र अन्य ठाउँहरूमा ग्राहकहरूले मान्छे देख्न या नदेखिन पनि सक्छन्, तर तपाईँले पुत्लाहरू अवश्य देख्नुहुनेछ । यो गाउँ पुत्लाको गाउँ बन्ने कथा निकै पुरानो र रोचक छ ।पुत्लाको गाउँ बन्ने कथा १० वर्षअघि मात्र सुरु भएको थियो । त्यसबेला एउटी महिलाले विद्यालयमा राख्नको लागि पुत्ला बनाएकी थिइन् ।कुनै समय यो गाउँमा ठूलो सङ्ख्यामा मानिसहरू बसोबास गर्दथे तर कामको खोजीमा मानिसहरू बिस्तारै जान थालेको बताइएको छ ।

तपाईको प्रतिक्रिया