Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – मध्य फिलिपिन्सको कानलाओन ज्वालामुखी बिस्फोट भएको छ । खरानी र ग्यास ५ किलोमिटरको उचाईमा उडेको बताइएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले यसबारेमा जानकारी गराएको हो । बिष्फोटले एक विशाल र ज्वालामुखी प्लम उत्पादन गरेको बताइएको छ । संस्थानले ज्वालामुखीको पश्चिमी ढलानमा रहेका समुदायहरूमा मोटो खरानी र सल्फरयुक्त गन्ध आएको बताएका छन् ।

कन्लाओनले नेग्रोस ओरिएन्टल र नेग्रोस ओक्सीडेन्टलको प्रान्तहरूमा फैलिएको छ । यो नेग्रोस टापुको सबैभन्दा अग्लो हिमाल हो । जसको उचाई समुन्द्र सतहबाट २,४६५ मिटर छ । सक्रिय स्ट्र्याटो ज्वालामुखी अन्तिम पटक डिसेम्बर २०१७ मा विस्फोट भएको थियो ।-

तपाईको प्रतिक्रिया