Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

बेल्जियम – किरात राई समुदायको महान् चाड साकेला उभौली काजाब्लांका पार्क क्यासेल्लोमा भव्य रूपमा सम्पन्न भएको छ । किरात राई सोसाइटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को सुखद अवसरमा किरात पितृपूजा सहित सामूहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीले गरेका थिए । राजदूत राजभण्डारीले परदेशमा पनि आफ्नो कला संस्कृति, संस्कार र भेषभूषालाई जीवन्त बनाउँदै विदेशीहरूको सामु पस्कने कार्य नेपालकै लागि गौरवको कुरा रहेको बताए । विशिष्ट अतिथि बेल्जियमको प्रतिनिधि सभाका सांसद कारिन ब्रौवेर्स व्लान्डरणले यो ठाउँमा पनि नेपालको राई समुदायको साकेला हेर्न र नाच्न पाउँदा खुसी लागेको बताए ।विशेष अतिथि लुभेन महानगरपालिकाका उपमेयर दिर्क भेन्सिनाले यो महानगर विविधताले भरिएको र एक सय साठी भन्दा बढी राष्ट्रका मानिसहरू बसोबास गरिरहेका लुभेन नगरमा नेपाली राई संस्कृतिमा रमाउन पाउँदा हर्षित रहेको बताए । साकेला फेस्टिभलमा बेल्जियमको दोस्रो ठूलो राष्ट्रिय राजनैतिक दल सिडीएण्डभीका युवा उपाध्यक्ष रुबेन गेलेन्स, लुभेन महानगरपालिका डाईभरसिटी विशेषज्ञ आन एन्ग्लान, पोलेसी सल्लाहकार यासिन एलात्तर, आईफई डाईरेक्टर मिगायल अन्जेललगायत विशिष्ट अतिथिको उपस्थिति रहेको र साकेला नृत्य समेत गरेका थिए ।कार्यक्रममा गैर आवासीय नेपाली संघ बेल्जियम अध्यक्ष सिता सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका कार्यवाहक अध्यक्ष मुना राई, विश्व मगर संघ अध्यक्ष लोक राना, किरात याक्थुम चुम्लुंग अध्यक्ष बदन योंगहांग, शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा, तमु समाज अध्यक्ष होम गुरुङ, तामाङ समाज अध्यक्ष राम लामा, थकाली सेवा समिति प्रतिनिधि श्रीआनन्द शेरचन, तमुधी अध्यक्ष संगीता गुरुङ, एनआरएन ग्लोबल बेल्जियम अध्यक्ष पद्म गुरुङ, क्षेत्री समाजका यसोदा थापा, पाशापुच प्रतिनिधि देबु श्रेष्ठले साकेलाको शुभकामना दिँदै मन्तव्य राखेका थिए ।साकेला २०२४ बेल्जियम कार्यक्रममा एनआरएनए पूर्व केन्द्रीय उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, जनसम्पर्क समिति युरोप महामन्त्री गंगाधर गौतम, बेल्जियम महामन्त्री गोविन्द सिंह अधिकारी, संघीय समाजवादी बेल्जियम अध्यक्ष नेत्र मगर, प्रवासी मञ्च बेल्जियम निवर्तमान अध्यक्ष चन्द्र कुमारी गुरुङ ईशा, उपसचिव जनक सुबेदी, जनप्रगतिशील मञ्च उपाध्यक्ष मनिष तमु , राप्रपा बेल्जियम अध्यक्ष अनिल थापा, राष्ट्रिय स्वतन्त्र पार्टी बेल्जियम सल्लाहकार डिल्लीराम भण्डारी, अन्तर्राष्ट्रिय काभ्रेली समाजका अध्यक्ष दिनेश उप्रेती, काभ्रेली समाज बेल्जियमका अध्यक्ष उद्धव गौतम, पत्रकार जनक बराल, पत्रकार सनत आचार्य समेतको  सहभागिता रहेको थियो ।नेपाल व्यवसायी संघ बेल्जियम अध्यक्ष चिरन कुमार खवास, नेबाब फुड फेस्टिभल संयोजक तथा युवा समाजसेवी काशी दनै, पर्वत समाज अध्यक्ष नन्दा कुमारी गुरुङ, कास्की समाज अध्यक्ष जीवन तमु, एनआरएन बेल्जियम निवर्तमान अध्यक्ष खडक बहादुर केसी, नेपाल टेलिकम सहनिर्देशक नवराज खतिवडा, वरुण घिमिरे, क्याट बेल्जियम अध्यक्ष ईश्वरी कँडेल, यूरो नेपाल कलाकार संघ बेल्जियम वरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङ, एन आर एन बेल्जियम महासचिव रुबिना शर्मा, लुम्बिनी कपिलवस्तु अभियान प्रतिनिधि रश्मि निरौला, बाग्लुंग समाज अध्यक्ष मोहन गौतम,सांग्रिला समाज अध्यक्ष नारायण अधिकारी, सिक्लेस पार्च्रे कल्याण कोष अध्यक्ष ओम प्रसाद तमु,पूर्वेली समाज लुभेन संयोजक तथा एनआरएन बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल, मादल इन्टरटेमेन्ट संयोजक अजित तुलाचन, नेफिन बेल्जियम सल्लाहकार अनिता लामा लगायत विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।आफ्नो मौलिक पोसाक र गरगहनाले सजिएका किरात राई बालबालिका, युवायुवती, वयस्कहरूको साकेला सिली र ढोल झ्याम्टाले क्यासेल्लो पार्क गुन्जायमान भएको थियो भने सम्पूर्ण विदेशी-नेपाली पाहुनाहरूले सिली टिप्दा झनै साकेला रौनक बनेको थियो । ३ सय ५० बढी सहभागी कार्यक्रम समाजका अग्रजहरू धन कुमार बान्तवा, देव राई,मालती राई, श्रेया राई, भबिन्द्र राई, मोनी कुलुंङ लगायतले सुम्निमा पारुहांग पित्रु, भूमि र प्रकृति, पूजा गर्दै बालीनाली चरा चुरुंगी , जलचर स्थलचर जीवजन्तु बारे भाकल गर्दै आशीर्वाद मागेका थिए ।व्यवस्थापन र अतिथि सत्कार तर्फ सोसाइटी उपाध्यक्ष सरु चाम्लिङ, तारा राई, रेनुका राई, राजेन राई, गोपाल साम्पांङ, आर्टेन नाछिरिंङ, सोनिया राई, इकु राई, दिव्यानी खालिंग, अनिता लामा राई, सुनिल राई, सुवास चाम्लिङ्, रोशन राई, मयुमा राई, लिना राई, पुनम चाम्लिङ, ड्रिष्ना राई मन्दिप राई लगायतले गरेका थिए ।कार्यक्रममा बेल्जियमको प्रतिनिधि सभाका सांसद कारिन ब्रौवेर्स व्लान्डरणसहित विशिष्ट अतिथिहरूले संयुक्त रूपमा देव राई, सरू राई, धन कुमार बान्तवा, मुना राई, ऋषि धन राई -जर्मनी, पासुंग डिल्ली राई -जर्मनी नेपाल वेद देवान, पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राई, एनआरएन जर्मनी अध्यक्ष निन्नामा राईलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।सोसाईटीका अध्यक्ष इन्दिरा चाम्लिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोसाईटीका महासचिव सबनम राईले डच र नेपालीमा सञ्चालन गरेका थिए भने र साकेलाबारे चर्चा गरेको उद्घाटन कार्यक्रममा अतिथिहरूलाई मुना राईले स्वागत गरेकी थिइन् । अध्यक्षले पूजा र चाड भएकाले उपस्थिति खानपिन सबै निःशुल्क गरिएको हहहर साकेला चाडबारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया