Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहित दायर गरिएको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ। यो रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेश भएको थियो। उक्त मुद्दा आजको कार्यसूचीमा तेस्रो नम्बरमा थियो, तर निवेदकको तर्फबाट सुनुवाइ स्थगित गरिएको हो।

यसअघि न्यायाधीश पोखरेलले लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए। उनले बुधवार यो विषयलाई उठाउँदै सुनुवाइ गर्न नमिल्ने भन्दै जिज्ञासा राखेका थिए। तर, न्यायाधीशले आफूले नियुक्ति अघिका विवाद नहेर्ने र नियुक्तिपछिका हेर्ने बताएका थिए, जसपछि सुनुवाइ स्थगित गरिएको हो। बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो, तर निवेदकको निवेदनपछि स्थगित गरिएको थियो।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिट दिएको पत्रको आधारमा उक्त रिट दायर भएको थियो। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको यो रिट सुरुमा दरपिठ भएको थियो। सर्वोच्च प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्न आदेश दिएपछि जेठ १४ गते रिट दर्ता भएको थियो। रिटमा गृहमन्त्रीलाई ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग गरिएको छ। साथै, विभिन्न जिल्लामा ठगीको अभियोगपत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी रहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेर क्लिनचिट दिएको भन्दै गृहमन्त्री पदमा नैतिक रूपमा बस्न नमिल्ने जिकिर गरिएको छ। रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ।

 

 

तपाईको प्रतिक्रिया