Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ ।

उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन् । नेतिपर्ण सानेसाङ्खोमलाई ‘थालुबाङ्’ भनेर पनि चिनिन्छ । मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरुले बताएका छन्  ।

नेतिपर्ण २६ जनवरीदेखि हिरासतमा थिइन् । उनीविरुद्ध सातवटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुईवटा घटना राजतन्त्रको अपमानसँग सम्बन्धित थिए । नेतिपार्नले थाइल्याण्डको न्यायिक प्रणालीमा सुधारको माग गर्दै आएएकी थिइन् ।

उनी हिरासतमा भएदेखि नै आन्दोलनमा थिइन्  । थाइल्याण्ड विश्वका ती देशहरूमध्ये एक हो जहाँ राजतन्त्रको अपमान गर्नेलाई निकै कठोर सजाय दिइन्छ ।

तपाईको प्रतिक्रिया