Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको आयोजनामा प्रतिष्ठानका केन्द्रिय संरक्षक, पूर्व अध्यक्ष समेत रहेका प्राज्ञ तथा नेपाली मौलिक संस्कृतिका अध्ययता दुर्गा रायमाझीको विशेष उपस्थितिमा एक विचारगोष्ठी कार्यक्रम हुने भएको छ ।

यहि मे महिनाको १९ तारिख आईतबार टोकियोमा हुन लागेको विचार गोष्ठीका लागि प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक रायमाझीलाई निमन्त्रणा गरिएको र जसअनुसार रायमाझी छिट्टै जापान आउन लागेको जापान शाखाले जनाएको छ ।

‘नेपाली लोक तथा दोहोरीगीत, संगीतको प्रबर्द्धनमा प्रवासी नेपालीहरुको भूमिका’ बिषयक विचारगोष्ठी गोतान्दास्थित माया रेष्टुरेन्टमा हुने बताईएको छ ।

नेपाली मौलिक लोक तथा दोहोरीगीतको क्षेत्रले एकातिर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुमा लोभलाग्दो क्रेज र उचाई हासिल गरिरहेको अवस्था छ भने अर्कोतिर ब्यवसायिक हुने नाममा उच्छृङ्खल र छाडा प्रवृत्ति तिब्र हाबी हुँदैं गईरहेको स्थिति छ । आजको डिजिटल बजारमा स्रष्टाका सिर्जना, सामग्री तथा बौद्धिक सम्पत्ति
असुरक्षित बन्दै गईरहेका छन् यो अर्को थपिएको चुनौती हो । यी सबैको समुचित ब्यवस्थापन, संरक्षण एवं संबर्द्धन गर्दै विकृति तथा विसंगति रोक्न वा न्युनिकरण गर्न प्रतिष्ठानले के कस्ता भूमिका निर्बाह गर्न सक्छ भन्ने बिषयमा रायमाझी जस्ता बौद्धिक सर्जकको विशेष उपस्थितिमा हुन लागिरहेको बहसलाई जापानका विद्वत लोकपारखीहरुले अत्यन्त महत्वका साथ हेरिरहेका छन् । संभवत मुलुकबाहिर गीत-संगीत, स्रष्टा-सिर्जना जस्ता गहनतम बिषयमा बहसको थालनी गरिएको यो पहिलो पटक हुन सक्छ ।

उसो त आयोजित कार्यक्रमको बिषयवस्तु जति गहनतम र ओझपूर्ण छ त्यहिरुपमा आयोजक जापान शाखाले कार्यक्रमलाई के कति खँदिलो र वजनदार बनाउन सक्छ त्यहिअनुरुप यसको सन्देश र परिणामको अपेक्षा गर्न सकिने जानकारहरु बताउँछन् ।***

तपाईको प्रतिक्रिया