समाचार सुन्नुहोस :
काठमाडौँ – संयुक्तराज्य अमेरिकामा बेरोजगारी दरमा सामान्य वृद्धि भएको छ । अमेरिकामा बेरोजगारी दर ३.९ प्रतिशतमा पुगेको हो । कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभभन्दा कम छ ।
फेब्रुअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ । जुन दुई वर्षको उच्चतम स्तर हो । मार्चमा ३.८ प्रतिशत थियो । अमेरिकी श्रम विभागका अनुसार अगस्ट २०२३ देखि बेरोजगारी दर ३.७ प्रतिशतदेखि ३.९ प्रतिशतको साँघुरो दायरामा रहेको छ ।